काठमाडौँ । नेपालले एसियन गेम्स पुरुष क्रिकेटमा छनोटमा कुशल भुर्तेलको शतक मद्दतमा चीनलाई ३१४ रनको लक्ष्य दिएको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनाएको हो । नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् ।
उनले ३५औँ बलमा १२ छक्का र ५ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा कुशलको दोस्रो शतक हो । भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी ४३ बलमा १२९ रन जोडेर आउट भए । यस्तै, कुशल मल्लले नटआउट ८५ रनको योगदान गरे ।
उनले ४७ बलमा ५ छक्का र ८ चौका प्रहार गरे । रोहित पौडेलले ७ छक्का र ५ चौकाको मद्दतमा ६९ रन जोडे । आशिफ शेख ११ रनमा आउट भए । चीनका मा कियानचेङ र डेङ जिन्कीले समान एक विकेट लिए ।

प्रतिक्रिया