स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित
काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको छ ।
गएराति भएको खेलमा रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे ।
म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए । म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए । इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो ।
बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ । सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ ।