जुडो टोली भूटान प्रस्थान



काठमाडौं । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलपमेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली मंगलबार भूटानको थिम्पु प्रस्थान गरेको छ ।

यही वैशाख २४ देखि २९ गतेसम्म हुने उक्त प्रतियोगितामा चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । पुरुष ४० किलो मुनिको तौल समूहमा विसाज महर्जन र सदिन तामाङ, ५० किलो मुनिको तौल समूहमा जुविन महर्जन तथा ३६ किलो मुनिको तौल समूहमा साइमन तामाङले खेल्नेछन् ।

यस्तै, महिला ५७ किलो मुनिको तौल समूहमा श्रष्टा नापित तथा ३६ किलो मुनिको तौल समूहमा जेनिशा वाइवाले प्रतिष्पर्धा गर्नेछन् । प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आइटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगितामा नेपालसहित भारत, भूटान र बङ्गलादेशका खेलाडीको सहभागिता रहने प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न