इरानी टोलीलाई प्रथम लायन्स कप भलिबलको उपाधि



गण्डकी । नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टिमले पोखरामा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनल खेलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टिमले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टिमले उपाधि रक्षा गरेको हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।

उपाधि विजेता इरानी टिमले ट्रफीसहित रु चार लाख ४४ हजार ४४४ प्राप्त गर्यो । उपविजेता नेपाल पुलिस क्लबले रु दुई लाख ४४ हजार ४४४ मा चित्त बुझायो । सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ४४ हजार ४४४ हात पार्यो ।

तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेटमा २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो ।

विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको थियो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रतियोगितामा छ टिमले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न