प्रिमियर लिगमा चेल्सीसँग लिभरपुल पराजित



काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

स्ट्यामफोर्ड ब्रिजमा घरेलु टोलीका लागि एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई उत्कृष्ट सुरुवात दिलाए । दोस्रो हाफको ५६औं मिनेटमा लिभरपुलका जारेल क्वान्साहको आत्मघाती गोलका कारण चेल्सीले अग्रता दोब्बर बनायो ।
खेलको ८५औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत एक गोल फर्काए पनि, इन्ज्युरी समयको छैटौं मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

यो जितसँगै चेल्सी ६३ अंकसहित लिगको पाँचौं स्थानमा यथावत् छ। छैटौं स्थानमा रहेको नटिङ्घम फरेस्टभन्दा चेल्सी तीन अंकले अगाडि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, चेल्सी अब चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा पुगेको छ। यी दुई टोलीबीचको खेल अर्को साता सेन्ट जेम्स पार्कमा हुनेछ, जुन च्याम्पियन्स लिग स्थानको लागि निर्णायक हुनसक्छ ।

त्यसैगरी, म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ । बेन्टफोर्डसँग ४–३ को हार बेहोरेको युनाइटेडको लिगमा संकट थपिएको छ । अन्य खेलमा ब्राइटन र न्युक्यासल तथा वेस्टह्याम र टोटेनहमबीच १–१ को बराबरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न

कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिका फाइनलमा

काठमाडौँ । कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी