पुलिसलाई मनमोहन स्मृति क्रिकेटको उपाधि



मोरङ । मनमोहन कप फाउन्डेसनद्वारा विराटनगरमा आयोजित तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरी उपाधि प्राप्त गरेको छ ।

विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार भएको फाइनलमा पुलिस क्लबले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गरी उपाधि प्राप्त गरेको हो ।

यो जितसँगै पुलिसले नगद चार लाख र ट्रफी तथा उपविजेता आर्मीले नगद दुई लाख र ट्रफी प्राप्त गरेका छन् । खेलमा ‘टस’ हारेर पहिले ‘ब्याटिङ’ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३९ रन बनाएको थियो ।

पुलिसले दिएको दुई सय ४० रनको लक्ष्य आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रन मात्र बनाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद नगद  २५ हजार, उत्कृष्ट ब्याटर पुलिसका शङ्कर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत जनही नगद १५–१५ हजार र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयी तथा अन्य खेलाडीलाई विराटनगर महानगरका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा, जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोष, कोशी क्रिकेट सङ्घका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद सादबाबु कुरेसीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यही वैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको आसाम क्रिकेट क्लब, कोशी र बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी थिए । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च भएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न