भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश



भोजपुर । भोजपुरको प्रतिष्ठित आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि थप गरिएको सात मिनेटको सुरुमै एपीएफका लागि जर्सी नम्बर ७ का खेलाडी सामीराह थोकरले एक गोल गरे । सोही गोल जितका लागि निर्णायक बन्न पुग्यो ।

सेमिफाइनलको म्यान अफ दी म्याच एपीएफका गोलकर्ता थोकर नै बने । प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनल खेल भगवती स्पोट्र्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिए ।

भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा यही वैशाख १४ देखि सञ्चालन भइरहेको प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लव, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोटर््स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङ गरी आठ टिमले सहभागिता जनाएका थिए ।

जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पुरस्कारको व्यवस्था गरिएकोे जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिए । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छः खेलकुदमन्त्री चौधरी

धरान (सुनसरी)। नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल खेलले

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

कपिलवस्तु । लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास

यू–१६ क्रिकेटः सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक

  बैतडी । एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को  सुदूरपपिश्चम छनोट

काठमाडौँ महानगरपालिकालाई दोस्रो मेयर कप फुटबलको उपाधि

काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको