पोखरामा ‘लायन्स कप’ भलिबल सुरु, नेपाल पुलिस र इरानी टोली विजयी



कास्की । पोखरामा बिहीबारदेखि पहिलो संस्करणको ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र इरानको टोली विजयी भएको छ ।

भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको समूह ‘बी’अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५–२३ ले जित हासिल गर्यो । दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो । पुलिसले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले जित निकाल्न सफल रह्यो ।

 

यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गरेको थियो ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रबार पहिलो खेल इरानी टोली र गण्डकी प्रदेश तथा दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा इरानी टोली, एपिएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा  रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।

प्रतियोगिताको विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख ४४ हजार ४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

यसैगरी तेस्रो हुने टोलीले नगद रु एक लाख ४४ हजार चार सय ४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेहरूलाई रु आठ हजार ४४४ का दरले पुरस्कार गरिने डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म

सचिनको कप्तानीमा यु–१६ क्रिकेट खेल्ने टोली घोषणा

  बैतडी । एसीसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट

आइसीसी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल

जितका थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले