भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी



टक्सार (भोजपुर) । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको उद्घाटन खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई हराउँदै भारतको जर्जियन फुटबल क्लब विजयी भएको छ ।

जर्जियन क्लबले आयोजकलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । जर्जियन फुटबल क्लबका लागि वसन्त राई, नरजङ्ग लेप्चा र सिद्धान्त क्षेत्रीले एक एक गोल गरे । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका लागि सन्तोष तामाङले सान्त्वना गोल गरे । प्रतियोगिताको म्यान आफ दी म्याच जर्जियनका वसन्त राई घोषित भए ।

यसअघि भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले प्रतियोगिताको शुभारम्भ गरेका थिए । सोमबार एपिएफ क्लब र सलहेश फुटबल क्लब सिरहाबीच खेल हुने छ ।

यही वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको जर्जियन फुटबल क्लब, भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बलको एपिएफ क्लब भगवती स्पोर्टस् क्लब खोटाङ, नमोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङले सहभागिता जनाएका छन् ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार पाउने भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । सातौँ संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलअन्तरले पराजित गर्दे उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न