बार्सिलोनालाई कोपा डेल रे कपको उपाधि
काठमाडौं । बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ। आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३–२ को अन्तरले हराएको हो ।
९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ जाने देखिएको थियो, तर बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेले २२ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीलाई उपाधि जिताएका हुन् ।
२८ औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो । खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। त्यसको सात मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए ।