नेपाल प्रहरी बन्यो च्याम्पियन



काठमाडौंँ । नेपाल प्रहरीले आठौँं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा प्रहरीले ६ पटकको उपाधि विजेता एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

प्रहरीले २५–१५, २५–२३ र २५–१६ स्कोर गर्दै उपाधि सुनिश्चित गर्यो । प्रहरीकी कमला पुन ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । एपीएफ सुरुका पाँच संस्करण र सातौँ संस्करणको विजेता हो । छैटौँ संस्करणको उपाधि न्यु डायमन्डले जितेको थियो ।

प्रहरी अपराजित रहँदै च्याम्पियन बन्यो । उपाधि यात्रासम्म प्रहरीले कुनै पनि सेटको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पेन । प्रहरीले लिगमा न्यु डायमन्डलाई २५–१४, २५–२२ र २५–१३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा प्रहरीले नेपाल आर्मीलाई २५–६, २५–२२ र २५–२३ ले हराउदै एपीएफसँग उपाधि भेट पक्का गरेको थियो ।

यस्तै, एपीएफले लिगमा आर्मी र एभरेष्ट भलिबल क्लबलाई समान ३–० को नतिजामा पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड ३–१ ले पाखा लगाउँदै फाइनल पुगेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डले तेस्रो स्थानमा चित्त बुझायो । न्यु डायमन्डले आर्मीलाई २५–१९, २५–१२ र १५–१८ ले पराजित ग¥यो । न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ बनिन् ।

विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार प्राप्त गरेको छ । यसैगरी तेस्रो हुनेले एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।

प्रहरीकी कामना विष्ट सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले मुक्तिनाथ विकास बैंकद्वारा प्रायोजित रु ५० हजार नगद पुरस्कार पाइन् । कामनाले काठमाडौँ/बैंकक/काठमाडौंँको हवाइ टिकट पनि हात पारिन् ।

विधागततर्फ स्काइकरमा एपीएफकी निरुता ठगुन्ना, ब्लकरमा प्रहरीकी पुनम चन्द, सेटरमा प्रहरीकी कमला पुन, लिबेरोमा प्रहरीकी शान्तिकला तामाङ, सर्भरमा एपिएफकी पूजा चौधरी र प्रशिक्षकमा प्रहरीका रुपेशकुमार विष्ट उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही रु २५ हजार नगद पुरस्कार पाए । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गलबारदेखि बिएनए कप बास्केटबल

काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा मङ्गलबारदेखि आठौँ बीएनए कप अन्तरविद्यालय

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार साँझ

अन्तरकलेज टि–ट्वान्टी क्रिकेटमा रौतहट विजयी

रौतहट । जय नेपाल कप रौतहट जिल्ला अन्तरकलेज टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको आइतबारको