नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।
उनलाई नेपाल क्रिकेट संघका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । क्यानले शनिबारदेखि नै ५२ खेलाडी समावेश गरेर अभ्यास खेल सुरु गर्दैछ। प्रमुख प्रशिक्षक स्टुवार्टलाई पनि सोही खेलअघि सार्वजनिक गर्ने क्यानको तयारी छ ।
क्यानले चैत १५ गते अष्ट्रेलियन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।