एपीएफलाई लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि



खजुरा (बाँके)। विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

नेपालगञ्ज रंगशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई अन्तिम समयमा एक गोल गरेर स्तब्ध बनाएको हो। एपीएफका तर्फबाट खेलाडी गीता रानाले एक मात्र निर्णायक गोल गरिन्। राना प्लेयर अफ द म्याच भइन्।

एपीएफले रौतहट फुटबल संघलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो। जितसँगै एपीएफले रु पाँच लाख पाँच हजार ५५५ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ।

उपविजेता पुलिसले रु दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरिन्।

खेलको समापनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायतले विजेता समूहलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।

बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘अन्तराल’द्वारा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गलबारदेखि बिएनए कप बास्केटबल

काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा मङ्गलबारदेखि आठौँ बीएनए कप अन्तरविद्यालय

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार साँझ

अन्तरकलेज टि–ट्वान्टी क्रिकेटमा रौतहट विजयी

रौतहट । जय नेपाल कप रौतहट जिल्ला अन्तरकलेज टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको आइतबारको