‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ चैत्र २४ देखि



भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश सरकारको प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रदेश सरकारबाट प्रतियोगिताका लागि २० लाख रकम प्राप्त हुनेछ ।

जिल्ला भलिबल सङ्घ भोजपुरको आयोजनामा स्थानीय टुँडिखेलमा करिब ४५ लाख रुपैयाँको लागतमा सञ्चालन हुने प्रतियोगितामा सात वटै प्रदेशका टिमको सहभागिता हुने आयोजक संस्थाका महासचिव सङ्ग्राम किराँतीले जानकारी दिनुभयो । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।

यहाँका भोजपुर, षडानन्द नगरपालिका, साल्पासिलिछो, अरुण, पौवादुङमा, आमचोक, हतुवागढी, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाको सहप्रायोजन रहने प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले तीन लाख, उपविजेताले एक लाख ७५ हजार, तेस्रो हुनेले ८० हजार र चौथो हुने प्रदेशको टिमलाई पुस्कार प्रदान गरिने जिल्ला भलिबल सङ्घका अध्यक्ष वीन्द्रकुमार तामाङले जानकारी दिए । उत्कृष्ट पाँच विधामा ५० हजार, सर्वोत्कृष्ट विधालाई २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीको एपिएफ लुम्बिनी कपको क्वाटरफाइनलमा

नेपालगंज । नेपालगंज रङ्गशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम

मधेस प्रिमियर लिगमा जनकपुर सनराइज र बलान बिहुल विजयी

राजविराज । राजविराजमा जारी मधेश प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा जनकपुर सनराइज र

पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै

मोरङ । मोरङको पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत