कर्णालीविरुद्ध बागमतीको सहज जित



दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।

सोमबार लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । उसको जितमा इशान पाण्डेले २२, आशुतोष घिरैयाले १९ र शुभ कंसाकारले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो । उसका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाउँदा अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले ५.१ ओभरमा १९ रन दिएर पाँच विकेट लिए भने सूर्य तामाङले सात ओभरमा १७ रन दिएर चार विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना र प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली आर्मी क्लब एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टोली सहभागी छन् ।

गत फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा जारी प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेल भइरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा खेल खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीको एपिएफ लुम्बिनी कपको क्वाटरफाइनलमा

नेपालगंज । नेपालगंज रङ्गशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम

मधेस प्रिमियर लिगमा जनकपुर सनराइज र बलान बिहुल विजयी

राजविराज । राजविराजमा जारी मधेश प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा जनकपुर सनराइज र

पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै

मोरङ । मोरङको पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत