मेचीनगर गोल्डकपको उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने



झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेलअघि शुक्रबार काँकडभिट्टाको खेलमैदानमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मुन्ना सुब्बाले आफ्नो टोली जित्नका लागि सक्षम रहेको दाबी गर्दै उपाधिलाई गृहनगरमै राख्ने बताए ।

“घरेलु मैदान र समर्थकको फाइदा हामीलाई हुनेछ”, प्रशिक्षक सुब्बाले भने, “उपाधिलाई घरमै राख्ने लक्ष्य छ ।” काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले यसअघिका खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ गोलले र धरान एफसीलाई सडन डेथमा ५–४ गोलले पराजित गरेको थियो ।

चर्चब्वाइज युनाइटेडलाई यसै वर्ष झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि उचालिसकेको बलियो टोली मानिन्छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुने स्वीकार गरेता पनि आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क रहेको बताए ।

“जित्नलाई त जितिहालिन्छ”, उनले भने, “घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुन्छ । तर हामी उपाधिका लागि खेल्छौँ ।” उनले आफ्ना खेलाडी लगातारको खेलले थाकिरहेको बताए । चर्च ब्वाइजले यसअघिको खेलमा झापा एफसीलाई सडन डेथमा ५–४ गोलले र मच्छिन्द्र फुटबल क्लबलाई ४–३ गोलले हराएको थियो ।

मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कारसमेत पाउनेछन् ।

खेल अवधिभरको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकर्ताले रु २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही रु २१ हजार र उदीयमान खेलाडीले रु १५ हजार पुरस्कार पाउने आयोजक समितिका असचिव राजु कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कफी क्लब च्यारिटी फुटसल शनिबार हुने

काठमाडौं । कफी क्लबको आयोजनामा तेस्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता

उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौँ । नेपाल उसु महासङ्घको आयोजनामा काठमाडौंमा जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज । राजविराजमा बिहीबार सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि

क्रिकेटर लोहनीको उपचारका लागि क्यानले पाँच लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच