अन्तिम एकदिवसीयमा भारतमाथि श्रीलंकाको जित



घरेलु टिम श्रीलंकाले अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ  । कोलम्बोमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले हराएको हो ।

तेस्रो खेलमा पराजित भएपनि भारतले तीन खेलको सिरिज २(१ ले जितेको छ । यस अघिको दुई खेलमा भारत विजयी भएको थियो ।भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । श्रीलंका अभिस्का फर्नान्डोले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै भानुका राजपाक्षेले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दा चारिथ आशलंका २४ रनमा आउट भए । रमेश मेन्डिस १५ रनमा अविजित रहे ।बलिङमा भारतका  राहुल चाहरले ३ विकेट लिए । यस्तै चेतन शकरियाले २ तथा कृष्नपा गोथाम र हार्दिक पाण्डेयले १र१ विकेट लिए ।

यस अघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।

भारतका लागि पृथ्वी शले ४९ रन जोड्दा सन्जु सामसनले ४६ रन बनाए । सूर्यकुमार यादवले ४० रन जोडे । हार्दिक पाण्डयले १९ रन जोड्दा कप्तान शिखर धवन १३ रन जोडेर आउट भए । श्रीलंकाका अकिला धनन्जय र प्रविन जयविक्रमाले ३र३ विकेट लिए । दुश्मान्था चामिराले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

लमजुङ । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला

पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने

लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता