२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि



अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान माराकाना रंगशालामा भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिल पराजित भएको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो । उसले पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो ।

त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न सफल भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

भुटानमाथि नेपालको ६–१ को जित

काठमाडौँ । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा