पेरुलाई ३-२ ले हराउँदै कोलम्बिया तेस्रो



कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो बनेको छ । ब्राजिलको राजधानी ब्राजिलियास्थित ‘नेशनल स्टेडियम’मा शनिबार बिहान भएको खेलमा पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो।

खेलको ४५ औं मिनेटमा योसिमर योटूनको गोलमा पेरुले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको कोलम्बियाका लागि जुआन कुआड्राडोले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे । निर्धारित ९० मिनेटको खेलसम्म दुवै टोलीले २(२ गोलको बराबरी खेल्दा खेलमा ३ मिनेटको इन्जुरी समय थप गरिएको थियो। सो दौरान कोलम्बियाले निर्णायक गोल गर्न सफल भयो।

इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । यसअघि सेमिफाइनलमा कोलम्विया अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो भने पेरु ब्राजिलसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो टोली शनिबार थाइल्याण्ड जाने

काठमाडौँ । आइएसटीएफ विश्व च्याम्पियनसिपको ३८औँ संस्करणमा सहभागी हुन आठ खेलाडीसहित १३ सदस्यीय

महिला यु–२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा

त्रिवि क्रिकेट मैदानको समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

  काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट

श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

काठमाडौँ ।नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)