जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश



साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

लण्डनमा गएराति क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् । विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले डेनिसलाई ७(६ ९७(३०,७(५ र ७(५ को सेटमा पराजित गरे ।

यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् । जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए ।

१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा रहेका छन् ।जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन् ।

पहिलो सेमिफाइनलमा पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।२५ वर्षीय माटियोले हुबर्टलाई ६(३,६(, ६(७९३(७० र ६(४ को सेटमा पराजित गरे ।

यससगै माटियो विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।यस्तै माटियो ४५ वर्षपछि ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन समेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो टोली शनिबार थाइल्याण्ड जाने

काठमाडौँ । आइएसटीएफ विश्व च्याम्पियनसिपको ३८औँ संस्करणमा सहभागी हुन आठ खेलाडीसहित १३ सदस्यीय

महिला यु–२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा

त्रिवि क्रिकेट मैदानको समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

  काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट

श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

काठमाडौँ ।नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)