स्विट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा



फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्विट्जरल्याण्ड जारी युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ । मंगलबार विहान भएको खेलमा पेनाल्टी सुटआउटमा ५–४ गोलको जित निकाल्दै स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेको हो । स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । टाइब्रेकरमा स्विट्जरल्यान्डका लागि मारियो गाभ्रानोभिच, अकान्जी म्यानुएल, फाबियन, एडमिर मेहमेदी र रुबेन भेर्गासले गोल गरे ।

फ्रान्सका पउल पोग्बा, ओलिभर जिरुड, प्रेसनल किम्पेम्बे र मार्कुस थुरामले गोल गर्दा पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेले मात्र गोल गर्न सकेनन्। उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिएका थिए। जससँगै स्विट्जरल्यान्ड अन्तिम आठमा पुग्न सफल भयो।

यसअघि निर्धारित ९० मिनेटमा स्वीट्जरल्याण्डका सेफेरोभिचले दुई तथा गाभ्रनोभिचले एक गोल गरे । फ्रान्सका करिम बेन्जिमाले दुई तथा पल पोग्बाले एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राखेपलाई प्रधानमन्त्रीको निर्देशनः ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउनुस्

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि

प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

क्रिकेट खेलाडी शुभम खनाललाई गृह जिल्लामा नागरिक अभिनन्दन

दाङ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका

टी–२० विश्वकप छनोटमा नेपाल समूह–२ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ ।