रुसलाई पराजित गर्दै डेनमार्क अन्तिम १६ मा प्रवेश



रुसलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४-१ अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक–एक गोल गरे ।

रुसका आर्टम ज्यूबाले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए । ७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।

यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ ।

डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १–० ले र दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो । डेनमार्कसँग पराजित रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

क्रिकेट खेलाडी शुभम खनाललाई गृह जिल्लामा नागरिक अभिनन्दन

दाङ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका

टी–२० विश्वकप छनोटमा नेपाल समूह–२ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ ।

साम्बासहित १० खेलाडी सम्मानित

काठमाडौँ। एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स