पारस खड्का आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् ।

मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् ।

सन् २००२ मा यू १५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेका थिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी २० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । २०७६ मा उनले कप्तानी छाडेपनि राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो टोली शनिबार थाइल्याण्ड जाने

काठमाडौँ । आइएसटीएफ विश्व च्याम्पियनसिपको ३८औँ संस्करणमा सहभागी हुन आठ खेलाडीसहित १३ सदस्यीय

महिला यु–२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा

त्रिवि क्रिकेट मैदानको समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

  काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट

श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

काठमाडौँ ।नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)