सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी २० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) सिजन २०२०/२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

होबर्टले सन्दीपसँग सम्झौता भएको बिहीबार घोषणा गरेको छ । सिजनको बिबिएल डिसेम्बरबाट सुरू हुने भए पनि सन्दीप जनावरीदेखि आबद्ध हुरिकेन्सले जनाएको छ । हुरिकेन्सबाट बिबिएल खेल्न पाउँदा आफू उत्साहित भएको सन्दीपले बताएका छन् ।

हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्ट लगायतका खेलाडी छन् । विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका डविड मालन, सन्दीप लामिछाने र वेस्ट इन्डिजका किमो पाउल छन् ।

सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। उनले दुई सिजनमा २० खेल खेल्दा २६ विकेट लिएका थिए। उनको बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर ११ रन दिनु हो ।

कोरोना भाइरसले २०२० को क्रिकेट खेल तालिका असर गरेको अवस्थामा सन्दीपले तेस्रो लिग खेल्न लागेका हुन् । सन्दीप गत साउनमा क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा गएका थि ए। उनी त्यतैबाट असोज पहिलो साता आइपिएल २०२० का लागि युएई पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

काठमाडौँ ।नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)

राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग

काठमाडौँ । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल

दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई

लिस्बन (पोर्चुगल)। धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ।