भारतका खेल प्रशिक्षण संस्थाहरुलाई राहतको घोषणा
भारतमा खेल प्रशिक्षण गराउने नीजि संस्थाहरुलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गरेको छ । युवा तथा खेलुकुँद मन्त्री किरण रिजिजुले झण्डै पाँच सय ओटा खेल प्रशिक्षण संस्थाहरुलाई राहत दिन लागिएको जानकारी दिए ।
“खेलो इन्डिया” अभियान अन्तर्गत उनीहरुलाई सहयोग गर्ने निर्णय भएको मन्त्री रिरिजुले जानकारी दिए । उनीहरुलाई फरक फरक खेलकुदका फरक फरक गतिविधि तथा कार्यक्रमहरुका लागि दिन लागिएको हो ।
विषेश गरेर उनीहरुले दिदै आएको नतिजा, संभावित नजिता, प्रशिक्षकहरुको स्तर, उपलब्धता, खेल्ने ठाउँको अवस्था, भौतिक संरचना, खेल सम्वन्धी अन्य सुविधाहरु, कर्मचारीहरुलगायतका कुरालाई हेरेर सहयोग गर्ने मापदण्ड बनाइएको पनि मन्त्रालयले जनाएको छ ।