मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश पुगेका एक नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण



काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ ।

नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ ।

कोरोना देखिए पनि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

बङ्गलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले सन् २०१८ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बङ्गलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

लमजुङ । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला