दिल्लीलाई हराउँदै मुम्बई ‘क्वालिफायर’मा



साविक विजेता मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको क्वालिफायरमा पुगेको छ । युएईको दुबईमा गएराति भएको खेलमा दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बई क्वालिफायरमा पुगेको हो । खेलमा दिल्लीले दिएको १ सय ११ रनको झिनो लक्ष्य मुम्बईले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा इशान किशनले अविजित रहँदै ७२ रन जोडे ।

जितसँगै मुम्बईले १३ खेलमा १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानको पकड बलियो पारेको छ । अन्तिम खेलमा पराजित भएपनि मुम्बई शीर्ष दुईमै रहने छ । आईपिएल क्रिकेटको लिग चरणमा शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्ने छन् ।

क्वालिफायरको विजेता फाइनल पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न अवसर पाउनेछ । मुम्बईसँग पराजित भएपछि दिल्लीलाई भने अब प्ले– अफमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । तेस्रो स्थानमा रहेको दिल्लीको १३ खेलमा १४ अंक छ ।

आईपीएल अन्र्तगत गएराति भएको अर्को खेलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । खेलमा बैंग्लोरले दिएको १ सय २१ रनको सामान्य लक्ष्य हैदरावादले १४ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

जितसँगै हैदरावादले प्ले अफ्मा छनौट हुने संभावना जिवित राखेको छ । आईपिएल क्रिकेटमा आज चेन्नाई र पन्जाब तथा कोलकाता र राजस्थान भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

लमजुङ । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला