म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाईनलमा



म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले सिटीलाई २ शुन्य गोलले पराजित गरेको हो । आर्सनलको जितमा पियरी इमिरेक अयुबामेयाङले दुवै गोल गरे । उनले खेलको १९ मिनेटमा पहिलो गोल गरेका थिए । निकोलास पेपेको क्रसमा उनले उत्कृष्ट गोल गरेका थिए । अयुबामेयाङले ७१ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे ।

जितसँगै आर्सनल एफए कपको फाइनलमा २१औं पटक प्रवेश गर्न सफल भयो। जसमध्ये आर्सनलले १३ पटक उपाधि जितेको छ । अब उपाधिका लागि आर्सनलले अगस्ट १ मा चेल्सी वा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । चेल्सी र युनाइटेडबीच दोस्रो सेमिफाइनलमा आइतबार प्रतिस्पर्धा हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

काठमाडौँ ।नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)

राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग

काठमाडौँ । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल

दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई

लिस्बन (पोर्चुगल)। धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ।