रिक्सा चालक बन्दाबन्दीका कारण ठूलो मारमा



काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनले बन्दाबन्दी (लकडाउन) का कारण आफूहरु ठूलो मारमा परेको तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो पोखेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले पर्यटन व्यवसाय हाल ठप्प भएको र तत्काल खुल्ने (चल्ने) सम्भावना पनि नभएकोले मजदुरको जीवनयापनमा झन समस्या थपिएको उल्लेख गरेको छ । यस्तो अवस्थामा राज्यले आफूहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । मजदुर प्रायः सुकुम्बासी र घर जग्गा नभउका कोठा भाडामा लिएर बस्न सक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका निमुखा अबोला गरिब असहायहरु भाएकोले निजहरुको पहिचान गरि गाँस, बाँस र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने संगठनको माग छ । संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले नेपालका सबै राजनीतिक दलहरुले मजदुरहरुको एजेण्डा उठाएर नेतृत्वमा पुगेपनि आज मजदुरहरु भने जहाँका त्यहीँ रहेको गुनासो गर्नुभयो ।

संगठनले आफुहरु आजको २१औं शताब्दीमा पनि पूरानो परम्परावादी साधन प्रयोग गर्दै आएकोमा राज्यको सम्बन्धित निकायले पर्यटकीय रिक्सा खारेजी गरी परिवर्तित ईलेक्ट्रिक रिक्सा ल्याई राज्यले बैंक वित्तिय संस्थाबाट अनुदान वा ऋण सहयोग मिलाई खरिद गर्ने र किस्ताबन्दी रुपमा तिर्दै जाने व्यवस्था मिलाईदिनुपर्नेपनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न