स्पिनर सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया(११ बाट खेल्ने भएका हुन् ।
बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि२० कप बंगलादेश २०२० अन्तर्गत विश्व ११ र एसिया ११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका छन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर(ए बंगला रंगशालामा हुनेछ ।
एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी समावेश छन् । सन्दीपले सम्भवतः एभरेष्ट प्रिमियर लिगको एक खेल गुमाउने छन् । इपिएल मार्च १४(२८ सम्म टियू मैदानमा आयोजना हुनेछ ।