आहा ! रारा गोल्डकपको विजेताले १० लाख एक हजार रुपैयाँ पुरस्कार पाउने



पोखरा । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ ।

प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने शनिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । गत वर्ष विजेताले आठ लाख एक हजार तथा उपविजेताले चार लाख एक हजार धनराशि पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई समेत जनही १५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई समेत पाँच हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट एक जना राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई ३५ हजार, प्रमाणपत्र तथा दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा साविक विजेता थ्रीस्टार क्लब तथा उपविजेता त्रिभुवन आर्मी क्लबसहित मनाङ मस्र्याङ्दी, ब्रिगेट ब्याइज, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सङ्कटा, झापा ११ फुटबल, क्लब, गान्टोङ सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब पोखरा गरी १० टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई

लिस्बन (पोर्चुगल)। धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ।

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बास्डर नियुक्त

काठमाडौं । वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई

पृतनापति ट्रफीमा ८४ पदकसहित श्री नम्बर १८ बाहिनी अड्डा प्रथम

इटहरी । पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री