सरस्वतीद्वारा ४–३ गोलले जित
काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ । पुछारमा रहेको सरस्वतीले जित हात पारेसँगै पुछारकै अन्य टोलीमाथि भने दबाब परेको हो ।
खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हरायो । यद्दपी ऊ पुछारबाट भने उक्लन सकेको छैन् । सरस्वतीको चार अङ्क छ । पाँच अङ्कसहित हिमालयन शेर्पाले लिग तालिकाको दोस्रो स्थानमा छन् ।
सरस्वतीका लागि काजिम बुसारीले दुई, विनोद केसी र मनिष थापाले एक एक गोल गरेका छन् । हिमालयनका लागि आशिष गुरुङ्, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गरे ।