आयशा शाक्य र आशिष बस्नेत सम्मानित



काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३१ ले आफ्नो वडाबासी साग खेलका पदक बिजेतालाई शुक्रबार सम्मान गरेको छ । सम्मानित हुनेमा दुई स्वर्णपदक बिजेता आयशा शाक्य र रजत पदक बिजेता आशिष बस्नेत छन् ।

शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ बर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासिल गरेकी थिइन् भने बस्नेतले ३ × ३ बास्केटबलमा रजत पदक प्राप्त गरेका थिए ।

कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बन्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो टोली शनिबार थाइल्याण्ड जाने

काठमाडौँ । आइएसटीएफ विश्व च्याम्पियनसिपको ३८औँ संस्करणमा सहभागी हुन आठ खेलाडीसहित १३ सदस्यीय

महिला यु–२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा

त्रिवि क्रिकेट मैदानको समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

  काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट

श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

काठमाडौँ ।नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)