(पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजको विजयी शुरु 



काठमाडौँ । पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता चितवन राइनोजले जित हात पारेको छ । प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी शुरुआत गरेको हो ।

मंगलबार पोखरा रङ्गशालामा भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै भेटाएको थियो ।

चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बल खेलको उनले ६ चौका र चार छक्का प्रहार गर्दै अविजित ६६ रनको योगदान दिए । त्यस्तै सन्नी पटेलले २२ तथा रोहन मुस्ताफाले ११ रन जोडे ।
कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रवि इन्दर सिंहले समान १०÷१० रन जोडे । दुई खेल खेलेको पोखराले एक खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

  घोराही । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ चैत्र २४ देखि

भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

खोटाङमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी

कर्णालीविरुद्ध बागमतीको सहज जित

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ