पिपिएलको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स र पोखरा पल्टन भिड्ने



पोखरा । आइतबारदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगको तयारी पूरा भएको छ । शुक्रबार पानी परेर क्रिकेट मैदान हिलाम्य बनेको थियो । पानी र चिसो बढे पछि पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले निर्धारित खेल तालिका एक दिन पर सारेको थियो ।

पोखरामा शनिवार घाम लागेपछि काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीच हुने उद्धघाटन खेल आइतबार हुने भएको छ । पोखरा प्रिमियर लिग मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । दोश्रो संस्करणको पिपिएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।

यो संसस्करणमा विराटनगर टाइटन्सको कप्तानी प्रदीप ऐरीले । काठमाडौं गोल्डेन वारीयर्सको कप्तानी ज्ञानेन्द्र मल्लले, धनगढी ब्लुजको कप्तानी दीपेन्द्र सिंह ऐरीले, चितवन राइनोजको कप्तानी पारस खड्काले र बुटवलको ब्लास्टर्सको कप्तानी सोमपाल कामी सम्हालेका छन् भने पोखरा पल्टनको कप्तानी शरद भेषावकरले सम्हालेका छन् ।

यो प्रतियोगितामा उत्कृष्ट हुने विजेता टिमले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गरिने भएको छ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु क्लियर टिभि र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने जनाएको छ । पिपिएलको पहिलो संस्करणमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

  घोराही । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ चैत्र २४ देखि

भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

खोटाङमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी

कर्णालीविरुद्ध बागमतीको सहज जित

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ