नेपाललाई ३२ स्वर्ण पदक



काठमाडौं ।  नेपाली खेलाडीहरूले १३‌औँ दक्षिण एशियाली खेलकुद सागमा बिहीवार थप स्वर्ण पदक जितेका छन्। क्रस-कन्ट्री साइक्लिङको पुरुषतर्फको स्पर्धामा नेपालले सबै पदक जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३२ पुगेको छ।

योसँगै नेपालका लागि यो सबैभन्दा सफल साग सहभागिता बनेको छ। यसअघि नेपालले सन् १९९९ मा काठमाण्डूमा आयोजित सागमा ३१ वटा स्वर्ण पदक जितेको थियो।

सबैभन्दा पछिल्लो स्वर्ण पदक बुद्धिबहादुर तामाङले क्रस-कन्ट्री साइक्लिङमा जितेका हुन्।  यसअघि क्रस-कन्ट्री साइक्लिङको महिलातर्फ लक्ष्मी मगरले स्वर्ण पदक जितेकी थिइन्।

निमा घर्तीमगर लगातार दुईवटा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी हुन्।  उसुको थाउलोअन्तर्गत नान्दौमा बिहीवार उनले बङ्ग्लादेशकी मोर्जिना अख्तरलाई पराजित गरेकी हुन्।

घर्तीमगरले भारतमा भएको १२औँ सागमा पनि उसुमा स्वर्ण जितेकी थिइन्। उनले १८.१९ अङ्क प्राप्त गरिन् भने अख्तरले १६.३ अङ्क जोडिन्। श्रीलङ्काकी सञ्जु कुमारीले काश्य पदक हात पारिन्।

बुधवार धेरै स्वर्ण पदक जितेर भारत शीर्ष स्थानमा पुगेको हो। नेपालले मार्शल आर्ट्सका विभिन्न विधामा अधिकांश स्वर्ण पदक जितेको हो।

नेपाली खेलाडीहरूले तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, ट्रायथलन, र साइक्लिङमा स्वर्ण पदक जितेका छन्।बुधवारसम्म भारतले ३४ स्वर्ण, २३ रजत र १३ काश्यसहित कुल ७० वटा पदक जितेको थियो भने नेपालले २९ स्वर्ण १५ रजत र २५ काश्यसहित ६९ वटा पदक हात पारेको थियो। भुटानबाहेक सबै सहभागी राष्ट्रले स्वर्ण पदक जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।