महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित



पोखरा । १३ औं दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो ।

पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्वा्धिक १२ रन र इन्दु वर्माले १० रन जोडे पनि अन्य ब्याट्स वुमनले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालकी अप्सरा वेगमले पाँच, सिता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन भने अन्य खेलाडीले खाता खोल्न सकेनन् । नेपालका चार महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् ।

त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक÷एक विकेट लिए । एकाउन्न रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले विना क्षति ७.४ ओभरमै जीत निकाल्यो ।

बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । बाइस बलको सामना गरेकी रहमानले तीन चौकासहित २६ रन हानेकी थिइन् भने २४ बलको सामना गरेकी खातुनले चार चौकासहित २३ रन हानेकी हुन् ।

चार ओभरमा दुई मेडनसहित आठ रन खर्चेर नेपालका महत्वपूर्ण चार विकेट हत्याउने रबेया प्लेयर अफ दी म्याच घोषित भइन् । आजै श्रीलङ्का र मालदिभ्सबीच अर्को खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

  घोराही । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ चैत्र २४ देखि

भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

खोटाङमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी

कर्णालीविरुद्ध बागमतीको सहज जित

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ