पुरुष फुटबलमा नेपालको सुखद सुरुवात, भुटान चार शून्यले पराजित



काठमाडौं । १३ औँ साग अन्तर्गत पुरुष फुटबलमा नेपाली टोलीले सुखद सुरुवात गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पारजित गरेको हो ।

दशरथ रंगशालमा भएको खेलको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठले गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५१ औँ मिनेटमा कप्तान सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

नेपालका लागि खेलको अविशेक रिजालले ६६ औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरे । निकैनै आक्रमक रुपमा खेलेको नेपालले खेलको ७८ औँ मिच्चेन तामाडले गोल गर्दै नेपाललाई ४–० गोलको सहज जित निकाले ।

जितसँगै नेपालले प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ । नेपाल प्रतियोगिताको साविकको विजेता टोली पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

  घोराही । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ चैत्र २४ देखि

भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

खोटाङमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी

कर्णालीविरुद्ध बागमतीको सहज जित

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ