१३औँ सागः महिला फुटबलमा नेपालद्वारा श्रीलंका पराजित



पोखरा । १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गतको महिला फुटबल प्रतियोगितामा सोमबार पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुवात गरेको छ ।

पोखरा रङ्गशालामा भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ आँै मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् ।

नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई खेलको शुरुवातदेखि नै दबाबमा राखेको थियो । नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । सो को अवसरमा नेपाली खेलाडीले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन् ।

टिमका क्यापटेन निरु थापाले खेलको ३८आँै मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथनाले सहजै रोकिन् । नेपाली टिमका जर्सी नं नौ लगाएर मैदानमा उत्रिएकी सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन् ।

खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसके पछि नेपाली महिला टिमका हेड कोच हरि खड्काले खेलको ३२ औँ मिनेटमा दीपा राईलाई मैदान बाहिर निकालेर सरुलाई मैदानभित्र प्रवेश गराएका थिए । खेल अवधिभर पूरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ आँै मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले

आठौँ अन्तर्राष्ट्रिय मेयरकप वैशाख दोस्रो सातादेखि

भोजपुर । आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप फुटबल आगामी वैशाख दोस्रो सातादेखि सुरु हुने

सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल

सिरहा । लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका

अनिशलाई तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि

भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिश थापा मगरले हात