एथलेटिक्समा सन्तोषीलाई ऐतिहासिक स्वर्ण



एथलेटिक्समा महिलाहरूको १० हजार मिटर दौडमा मङ्गलवार स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २० पुगेको छ।

सन्तोषी श्रेष्ठले ३५ मिनेट ७.९४ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। उनी भारतकी कविता यादवभन्दा मिलिसेकेन्डले मात्रै अगाडि रहेकी थिइन्।

नेपाली महिला एथलेटिक्समा दक्षिण एशियाली स्तरको स्वर्ण जितेको यो पहिलो पटक हो। यसअघि नेपालको यस विधामा उत्कृष्ट प्रदर्शन कान्छीमाया कोजुले सन् २००६ को श्रीलङ्का सागमा जितेको रजत पदक थियो।

मङ्गलवार नै नेपालले उसुमा दुई, ट्रायथलन र करातेमा एक-एक स्वर्ण पदक जितिसकेको छ। पोखरामा भएको ट्रायथलनको डुआथलन विधामा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन्।

डुआथलनमा सडक दौड, साइकल दौड र फेरि सडक दौड समावेश हुन्छ। करातेमा नवीन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन्।

लगनखेलमा आयोजित उसुको थाउलु छान्क्वानमा पुरुषतर्फ विजय सिञ्जाली र महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन्।

तरबारसहित कला प्रदर्शन गरिने विधामा सिञ्जालीले ९.४८ अङ्क प्राप्त गरेर बाङ्ग्लादेशको मोहम्मद ओमार र श्रीलङ्काको सौम्य प्रभाकरलाई पछाडि पारे। एथलेटिक्समा सन्तोषीले जितिन् ऐतिहासिक स्वर्ण
ओमारले ९.३४ र प्रभाकरले ९.१३ अङ्क प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले

आठौँ अन्तर्राष्ट्रिय मेयरकप वैशाख दोस्रो सातादेखि

भोजपुर । आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप फुटबल आगामी वैशाख दोस्रो सातादेखि सुरु हुने

सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल

सिरहा । लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका

अनिशलाई तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि

भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिश थापा मगरले हात