सागमा ७ देशका ३ हजार खेलाडीबीच २६ खेलमा प्रतिस्पर्धा



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)हुने भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने भएकी हुन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार मंसिर १५ गते साँझ ३ घण्टा चल्ने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्नेछन् ।
साग काठमाडौं र पोखरासँगै जनकपुरमा सञ्चालन हुँदैछ । १० दिनसम्म चल्ने सागमा ७ देशका ३ हजार खेलाडीबीच २६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
काठमाडौंबाट सुरु भएको साग १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको हो । सागका लागि अहिले ओलम्पिक टर्च र्याली सुरु भइसकेको छ । उद्घाटन समारोह आयोजना हुने दशरथ रंगशालाको स्तरउन्नती अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

ब्राजिल । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने

मेचीनगर गोल्डकपको उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक

पारा एथलेटिक्स टोली स्वदेश फिर्ता

काठमाडौँ । नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश

‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को दुई विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिम । यही चैत ७ गते धनगढीमा आयोजना गर्न लागिएको ‘छैटौँ एसपीए सुदूरपश्चिम