एन्फाद्वारा राष्ट्रिय फुटबल टिमका चार खेलाडीमाथि कारबाही



काठमाडौं । अखिल नेपाल फुटब संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ । विश्वकप छनोटको होम खेलमा कुवेतसँग खेल्ने टिममा रहेका विमल घर्तीमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो ।

चार खेलाडी शुक्रबार राति ठमेलस्थि लाउन्च वारमा गएको भेटिएपछि कारबाही गरेको हो । कारबाहीमा परेका विमल सहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् । चार जनै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।

करबाहीको विषय भने एन्फाले खुलाएको छैन । यसअघि समेत विमलसहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ