महिला भलिबल टोलीलाई जनही ३ लाख पुरस्कार



काठमाडौं । महिला भलिबल टोलीलाई जनही ३ लाख पुरस्कारको घोषणा गर्ने भएको छ । बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरिने भएको हो । शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही ३(३ लाख दिने घोषणा गरेका हुन् ।

सिलवालले सरकारसमक्ष राखेपले प्रस्ताव लैजाने बताए । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य रहेका थिए । नेपालले ५ राष्ट्र्र सम्मिलित प्रतियोगितामा उपाधि जित्ने क्रममा सबै खेलमा एकपक्षीय नतिजा हासिल गरेको थियो । भलिबलमा पहिलो अन्तर्रा्ष्ट्रिय उपाधि जित्न क्रममा नेपालले बिहीबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले प्रतियोगिता अवधिभर सबै सेट सफल भएका हुन् ।

महिला भलिबल टोलीमा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, उषा विष्ट, जानकी भण्डारी, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, सफिया पुन, रहेका छन् । मुख्य प्रशिक्षकमा जगदीश भट्ट प्रशिक्षकमा सलिना श्रेष्ठ र भरत यादव व्यवस्थापकमा रिता कोइराला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ