मैत्रीपूर्ण खेल खेल्न यु–२३ नेपाली राष्ट्रिय फुटबल टोली कतार जाने



काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३ ) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् ।

नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ ।

नेपाली टोली मंगलबार राति पौने दश बजे दोहा प्रस्थान गर्नेछ । मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कार्यबाहक अध्यक्ष पङ्कज नेम्बाङलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् ।

त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, र सुमन अर्याल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

  घोराही । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ चैत्र २४ देखि

भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

खोटाङमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी

कर्णालीविरुद्ध बागमतीको सहज जित

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ