भ्रष्टाचार गरेको अभियोगमा युएईका तीन क्रिकेटर निलम्बित



विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले वल्र्ड टी–२० क्वालिफायरको पूर्वसन्ध्यामा युएईका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।

भ्रष्टाचारविरोधी संहिताविपरित काम गरेको भन्दै युएईका कप्तानसहित तीन क्रिकेटरलाई निलम्बन गरिएको हो । आईसिसीले युएईका कप्तान मोहमद नाबिद, तीव्र गतिका बलर क्वादर अहमेद र ब्याट्सम्यान शैमान अनवारलाई भ्रष्टाचार अभियोगमा निलम्बन गरेको हो ।

नाभिदलाई युएईले यसै साता कप्तानबाट हटाएको थियो । उनको स्थानमा अहमेद राजालाई कप्तानको जिम्मेवारी दिइएको छ । अलराउन्डर नाबिदलाई खेलका दौरान भ्रष्टचार गरेको आरोप छ ।

नाबिदले अरुलाई प्रभावमा पार्न खोजेको, अनुसन्धानमा सहयोग नगरेको पनि अभियोग छ । यस्तैगरी शैमानले खेलमा अनुचित प्रभाव पार्न खोजेको आइसिसीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ