११० किलो गाँजासहित सिरहामा तीन जना पक्राउ


काठमाडौँ । सशस्त्र प्रहरीले सिरहाबाट ११० किलोभन्दा बढी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले सिरहाको औरही गाउँपालिका–१ स्थित दरैया इलाकाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको बेला ६ वटा बोरामा रहेको ११० किलो ७६० ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई बरामद गाँजासहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।