काठमाडौं । काठमाडौँको तारकेश्वरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो ।
घाइते भएकी भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका थापाले आफूलाई नेपाली ब्रो भनेर चिनाउने गरेका थिए ।

प्रतिक्रिया