मध्यपहाडी राजमार्गका आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ ।

ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले आज मुद्दा दायर गरेको हो ।

आयोगले आयोजनाका तत्कालीन इञ्जिनीयर दीपककुमार खड्का, तत्कालीन सवइञ्जिनीयर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँल र निर्माण व्यवसायी महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध समान बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत