ब्राउन सुगरसहित दुई जना पक्राउ



नेपालगंज । बाँकेमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको हो ।

खटिकलाई नेपालगञ्ज– १४ उदयपुरबाट चार ग्राम र जयसपुरका बिलेदार खानकी २१ वर्षीया छोरी निशालाई भारतबाट नेपाल ल्याउँदै गरेका अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सादा पोशाकमा रहेका प्रहरी नायब निरीक्षक बमबहादुर रावलको नेतृत्वमा खटिएको टोली र लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । अभियुक्तमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

भक्तपुर मालपोतका दुई कर्मचारी साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी साढे २४ लाख घुससहित पक्राउ परेका छन्

रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम

सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम ।

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न