बसभित्र किशोरी बलात्कार आरोपी फरार अभियुक्त झापाबाट पक्राउ



भक्तपुर । यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी शुक्रबार भक्तपुर ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ ।

किशोरीलाई बेहोस बनाएर रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी यहाँ ल्याएर अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।

रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई किशोरी बलात्कार गर्न दिई फरार भएका राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा किशोरीलाई रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सुर्य श्रेष्ठलाई पक्राउ गरेर किशोरीको बसबाट उद्दार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

भोजपुरमा ७ करोड रुपैयाँ लागतमा पालिका भवन निर्माण हुँदै

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ ।

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली । कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ ।  सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको छ । छ